प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपालको कृषि क्षेत्रलाई आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनिति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक संस्थागत जनशक्ति मार्फत तयार गरिएको आ.. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि कार्यान्वयनमा ल्याइएको परियोजना हो।कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने यस परियोजनको सोच रहेको छ।यस परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम गरी जम्मा चार वटा सम्भागहरु रहेका छन्।

कृषि क्षेत्रको सम्रग आधुनिकीकरणको प्रक्रियालाई तिव्र पार्न र बाह्य परिवेशसंग सामन्जस्यता ल्याउन आधुनिक कृषिका विभिन्न आयामहरुलाइ समावेश गरी आधुनिकिकरणको प्रक्रियाको थालनी गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गत आ.व. २०७३।०७४ देखि १० वर्षे परियोजना संचालन भएको छ। यो परियोजना आ.व. २०७४/७५ वाट मकवानपुर जिल्लामा पनि शुरु गरीएको छ । यस जिल्लाको भौगोलिक सम्भावनाका रुपमा पहिचान भई आएको तरकारी बालीको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालनको लागि २०७४ असोज १३ गते थाहा नगरपालिका -३, पालुङमा परियोजना कार्यान्वयन एकाई, तरकारी जोनको कार्यालय स्थापना भई थाहा नगरपालिका वडा नं १ देखि १० र इन्द्रसरोवर गाँउपालिका वडा नम्वर १ देखि ५ मा निम्न उदेश्यका साथ कार्यक्रम संचालन भईरहेको छ।